नियम १३
अन्धा साहित्य प्याकेट
(क) “ब्रेल” मा वा अन्धाहरूको प्रयोगको निमित्त खास किसिमबाट मुद्रित कुनै कागज, समाचार पत्रपत्रिका, पुस्तक र साउण्ड रिकर्ड, लेख वा
अक्षर पठाउने प्लेट अन्धा साहित्यमा लिइन्छन्,
(ख) उक्त वस्तुहरू नेपाल सरकारद्वारा मान्यता प्राप्त कुनै शिक्षण संस्थाको नाममा पठाइको वा सो द्वारा पठाइएको हुनु पर्नेछ । यस्तो वस्तुको प्याकेटमा यसै नियमका खण्ड (क) मा उल्लिखित खास गरी अन्धाहरूको उपयोगको लागि नै मुद्रित भएका चीजहरू हुनु पर्छ र लिखितमा वा छपाईमा सो वस्तु सम्बन्धी नाम, सूची र यसको प्रयोग सम्बन्धी निर्देश बाहेक अरू खबरको आदान प्रदान रहेको हुनु हुँदैन ।
(ग) सो वस्तुको बाहिर वा कभरको बाहिरपट्टि “अन्धा साहित्य” भन्ने लेखिएको र पठाउनेको नाम र ठेगाना हुनु अनिवार्य छ ।
(घ) कभर भए दुबै छेउ खुला भएको र नभए पनि सजिलोसँग जाँच्न हुने गरी हुलाक दाखिल गरेको हुनु पर्छ ।
(ङ) अन्धा साहित्यको प्याकेटको लम्बाई, चौडाई र मोटाई चिठ्ठी सरहनै हुनेछ र त्यसको अधिकतम तौल सात किलोसम्म मात्र हुन सक्नेछ ।
(च) अन्धा साहित्यको प्याकेट उपरोक्त खण्डहरू अनुसार नभएमा चलान गरिने छैन र प्रेषक कहा“ ˚िर्ता पठाइनेछ ।